नवलपरासी । देवचुली नगरपालिकाको अधिकांश गाउँमा शुद्ध पिउने पानी पुगेको छ । योसँगै बिहान ४ बजे उठेर पधेँरो, कुवा, मुहान धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
स्थानीय, प्रदेश सरकार र संघीय सरकारको विभिन्न योजनाबाट खानेपानी आयोजना सम्पन्न भएको हो । कुनै बेला चुवाडी र कुवाको पानी खान बाध्य देवचुली नगरपालिकाका पहाडी तथा विकट गाउँमा पनि अहिले धाराबाट घरघरमा शुद्ध पिउनेपानी पुगेको हो ।
देवचुलीमा ४० हजार बढी जनसंख्या छ भने १० हजार बढी घरधुरी छन् । अहिले अधिकांश घरका धाराबाट शुद्ध खानेपानी आपूर्ति भएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, रजहर, दलदले जस्ता मुख्य बजारमा मात्र नभएर कीर्तिपुर, मुण्डे, बन्दीपुर जस्ता विकट गाउँमा पनि शुद्ध पिउने पानी पुगेको हो ।
नगरभित्रका खानेपानी आयोजनामध्येको ठूलो आयोजना प्रगतिनगर खानेपानी आयोजना हो ।
यहाँ दिव्यपुरी, रहजर, आँपचौर, बरडाँडी, देवचुली, कुमसोद, बन्दीपुर, प्रगतिनगर खानेपानी आयोजना लगायत आयोजना सञ्चालित छन् । करिब २५ वर्षदेखि सञ्चालित खानेपानी आयोजना भए पनि अहिले नगरपालिकाको पहलमा सबै खानेपानी आयोजना मर्मत तथा गुणस्तरको लागि नगरपालिकाले ठूला आयोजनालाई प्राथमिकता दिएको देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।
नगरभित्रका खानेपानी आयोजनामध्येको ठूलो आयोजना प्रगतिनगर खानेपानी आयोजना हो । यसले देवचुलीका ८ वटा वडाका ४५ सय बढी घरधुरीलाई पानी आपूर्ति गरेको प्रगतिनगर खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए ।
अहिले देवचुलीका पहाडी तथा विकट क्षेत्र कृतिपुर लगायत केही क्षेत्रमा सामूहिक धाराबाट खानेपानी उपलब्ध भइरहेको भए पनि त्यो समस्या पनि १ वर्षभित्र अन्त्य भएर अबको १ वर्षमा बाँकी सबै क्षेत्रमा ‘एक घर एक धारा’ पु¥याउने देवचुली नगरपालिकाको योजना छ ।
नेपालकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषित देवचुली नगरपालिका अहिले अन्य पूर्वाधारको क्षेत्रमा पनि बिस्तारै फड्को मार्दैछ । जसको सूचीमा खानेपानी आयोजनामा पनि पर्दछ ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१