गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकलामा  कुमुदिनीका युकेश प्रथम

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
Chitrakala (2)

पोखरा । गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ मा कुमुदिनी होम्स माविका युकेश सुनार प्रथम भएका छन् । हिलप्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की मोडर्नाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन तृतीय र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजु सान्त्वना भए ।

दुई चरणमा भएकोे प्रतियोगिताको प्रथम चरणमा १ सय ९७ चित्रमध्येबाट उत्कृष्ट १२ छानिए । दोस्रो चरणमा प्रथम चरणमा छनोट भएका १२ प्रतियोगीले कार्यक्रमस्थलमै चित्र कोरेका थिए ।

क्यानभासमा बाल मनोविज्ञान शीर्ष दिइएको उक्त प्रतियोगितामा प्रतियोगीले चित्र कोरिरहँदा नै निर्णायकले मूल्यांकन गरेका थिए ।

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ९ हजार, ६ हजार, ३ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सम्पूर्ण सहभागीहरुले मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे ।

प्राज्ञ तथा बिम्बकवि रमेश श्रेष्ठले अहिले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यापन गराउनु निकै प्रशंंसनीय काम भएको बताए । उनले कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जीवनको ज्ञान कलाले दिनसक्ने बताए ।

प्रतियोगितामा निर्णायक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असरदार काम गर्ने कुरा बताए । निर्णायकमा कृष्ण मर्सानी र मनोज तामाङ थिए । लायन्स क्लबका अध्यक्ष सुनीलकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल, विकास पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • कोलकातामा भानुको सम्झना

      आदर्श समाज सम्वाददाता श्रावण ७, २०७८
      पोखरा । भारतको कोलकातामा २०८ औं भानुजयन्ती मनाइएको छ । नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भर्चुअल माध्यमबाट आदिकवि…
    • शुक्ला साहित्यमा स्रष्टा छनोट समिति

      आदर्श समाज सम्वाददाता श्रावण २, २०७८
      पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले स्रष्टा छनोट गर्न समिति गठन गरेको छ । प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाको…
    • गण्डकी प्रज्ञा प्रतिष्ठानमा २०८ औं भानु जयन्ती

      आदर्श समाज सम्वाददाता असार ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यक्रमका रूपमा नेपाली साहित्यका जरो मानिने आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाएको छ…
    • नेपाल सांस्कृतिक संघद्वारा मुख्यमन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता असार १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले शुक्रबार भेट गरेको छ । संघका केन्द्रीय…
    • मेनकाजी : कर्मशील, निष्ठावान, अब्बल संस्कृतिकर्मी

      रेम विक जेठ १९, २०७८
      पोखरा ।  ‘जे काम होस्, त्यो समयमै हुनुपर्छ ।’ मेनकाजी यस्तै भन्थे अनि गर्थे पनि । मेनकाजी गुरुङको पर्याय नै…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads