सुनिल गायकको ‘कहिले भइन’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
sunil gayek

पोखरा । सुनिल गायकको ‘कहिले भइन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सारङ्गी म्युजिक स्टुडियोको प्रस्तुति र सुनिलकै शब्द संगीतमा बनेको म्युजिक भिडियो निर्देशन नेत्र गुरुङले गरेका हुन् ।

भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ । प्रेमकथामा आधारित म्युजिक भिडियोमा रोहनलाई संगीतकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ । जानकी भने रोहनकी प्रेमिका हुन्छिन् ।

रोहनले जानकीलाई समय उपलब्ध गराउन नसकेर टुटेको प्रेमिल कथा भिडियोमा देखाउन खोजिएको आभाष हुन्छ । नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड गीतको म्युजिक भिडियोमा सहाायक निर्देशक सविन गायक छन् ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार विनोद बानियाँले पोखराबाट पछिल्लो समयमा आशालाग्दा गीत सार्वजनिक भएको बताए ।

निर्देशक नेत्र गुरुङले पोखराबाट पनि राम्रो म्युजिक भिडियो छायांकन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप आफू निरन्तर लागिपरेको बताए ।

सुनिल गायकले आगामी समयमा पनि गीतसंगीत पस्कदै जाने प्रतिबद्धता व्यक्त गरे । यसअघि ‘तिम्रो अभाव, सम्बन्ध, के खाई देको छु र, कति माया’ गीत सार्वजनिक गरेका सुनिल छिट्टै ‘माया तिम्रै हुनी, मुटुभरि माया’ा गीत लिएर आउँदैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width