पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा भएको छ । सभाका अवसरमा शनिबार पारिवारिक सम्पर्क पुनस्र्थापना सेवा अभिमुखीकरण तथा प्रदेशका जुनियर युवा रेडक्रस सर्कलका प्रतिनिधिलाई प्रशिक्षण दिइएको छ । आइसी आरसीका लीला खनाल, शालिकराम तिवारी र रामदत्त पौडेलले प्रशिक्षण दिएका हुन् ।
साधारण सभाको उद्घाटनपछि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका महामन्त्री पीताम्बर अर्यालले रेडक्रस मानवीय सेवामा सहयोग गर्ने संस्था भएको र विपद्मा सरकारलाई समेत सहयोगी निकायको रुपमा भूमिका खेलेको बताए । उनले संस्थाको विधान संशोधन गरी सरकारले तयार गरेको नियम अनुसार संरचना बनाउने कार्य अघि बढाइएको जानकारी दिए ।
कार्यक्रममा उप कोषाध्यक्ष होम पाठक, केन्द्रीय सदस्यहरु अरुण खनाल, लेखबहादुर हमाल, प्रदीप घिमिरे, मोहन पोखरेल, कास्की शाखाका सभापति डोलराज पाण्डे, पत्रकार श्याम कुँवरलगायतले बोलेका थिए ।
रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बलराम आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने उपाध्यक्ष विष्णुकुमारी रोकाले स्वागत गरिन् ।
साधारण सभाको उद्घाटन समारोहमा रेडक्रसमा २६ वर्षभन्दा बढी शाखा अधिकृत रहेर लमजुङ जिल्लामा सेवा पु¥याएका श्रीकान्त घिमिरेलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१