महाशिवरात्रिमा शान्ति शोभायात्रा

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७७
brahmakumari

पोखरा । महाशिवरात्रि पर्व अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय पोखराले शिव ध्वजारोहण, शान्ति शोभायात्रा तथा स्नेहमिलन कार्यक्रम आयोजना ग¥यो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले खराब प्रवृत्ति त्यागेर सच्चरित्र अवलम्बन गर्ने दिनको रुपमा महाशिवरात्रि रहेको उल्लेख गरे । उनले आफ्नो व्यापार व्यवसाय अलावा ब्रह्मकुमारीमा लागेर धेरैले मानवीय सेवा प्रदान गरिरहेको आफूले देखेको बताए ।

गण्डकी प्रदेश सांसद मीना गुरुङले सृष्टिकर्ता परमात्माको स्मरण गर्दै प्राप्त ज्ञानलाई मानव कल्याणमा लगाउनु पर्नेमा जोड दिइन् ।

अध्यक्षको आसनबाट संस्थाकी अध्यक्ष ब्रह्मकुमारी परिणीताले भगवान् शिव नै शान्तिको स्रोत भएको उल्लेख गर्दै आजको दिनमा मानव कल्याणमा लाग्ने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिइन् ।

संस्थाका महासचिव वरिष्ठ राजयोगी ब्रह्मकुमार शैलेशराज बरालले महाशिवरात्रि परम्परागत रुपमा मनाइँदै आएको भए पनि ब्रह्मकुमारी विश्वविद्यालय ८५ औं दिवस रुपमा मनाएको बताए ।

कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारकी सञ्चालिका ब्रह्माकुमारी शोभाले गरेकी थिइन् ।

झण्डोत्तोलन समारोहपछि नयाँबजारबाट रथयात्रासहित निस्केको शान्ति शोभा यात्रा पोखरा–११, फूलबारीस्थित निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रमा पुगी समापन भएको थियो ।
महाशिवरात्रि पर्व अवसरमा पोखराका विभिन्न शिव मन्दिरमा शिव पूजा, भजन कीर्तन लगायत कार्यक्रम भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width