पोखरा । चौथो रञ्जित गुरुङ स्मृति तथा दशौं बगर भाइखलक भेट्रान्स एट ‘ए’ साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ९ खेल भएका छन् ।
पुरानो टुँडिखेलमा दोस्रो दिनको पहिलो खेलमा हेटौडा भेट्रान्स नीलोले वालिङ भेट्रान्सलाई ३–० गोल अन्तरले पराजित ग¥यो । हेटौडाको जीतमा म्यान अफ दि म्याच तीर्थबहादुर याक्सोले २ तथा निमा लामाले १ गोल गरे ।
दोस्रो खेलमा किंङकम स्पोर्टस् काठमाडौं र खुमलटार भेट्रान्स काठमाडौं बीचको खेल निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । ६–५ गोलअन्तरले हराउँदै खुमलटार विजयी भयो । खुमलटारका गोलरक्षक सचिन श्रेष्ठ म्यान अफ दि म्याच भए ।
बौद्ध भेट्रान्स काठमाडौं र पशुपति भेट्रान्स हेटौडा बीच भएको दिनको तेस्रो खेल पनि १–१ बराबरीमा सकिएपछि टाइब्रेकरमा पशुपति भेट्रान्सले बौद्धलाई ३–२ गोल अन्तरले पाखा लगायो । बौद्धका पासाङ शेर्पा म्यान अफ दि म्याच चुनिए ।
जोरपाटी भेट्रान्स काठमाडौं र नवलपरासी भेट्रान्सबीचको खेल पनि निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा नवलपरासी ३–२ गोलले विजयी बन्यो । नवलपरासीका अमरबहादुर पुन म्यान अफ दी म्याच भए ।
पाचौं खेलमा मियासान मियाँ काठमाडौं र बानेश्वर फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा मियासान मियाँले बानेश्वरलाई ३–० गोलले पछि पा¥यो । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका मियासान मियाँका गोलरक्षक सञ्जित खड्गी म्यान आफ दी म्याच बने ।
दीप युनाइटेड भेट्रान्स र हिमालय भेट्रान्स बाटुलेचौरको खेलमा म्यान अफ दी म्याच रमेश बस्नेतको गोलमा बाटुलेचौर विजयी बन्यो ।
बगर भाइखलक ‘बी’ र हेटौडा भेट्रान्स रातोबीचको खेलमा राज कार्कीको गोलको सहायताले १–० गोलअन्तरले आयोजकको ‘बी’ टिमलाई पछि पा¥यो । आयोजकका धनुपुरन थकाली म्यान अफ दी म्याच बने ।
मंगलबारको अन्तिम खेलमा भनि मण्डल भेट्रान्स ललितपुर र बुटवल भेट्रान्सबीच भएको खेलमा १–० गोलअन्तरले भनी मण्डल अर्को चरणमा प्रवेश ग¥यो । उसका खेलाडी पाण्डव खाती म्यान अफ दी म्याच घोषित भए ।
म्यान अफ दी म्याचलाई ट्रफी प्रदान गरिएको खेल संयोजक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ ले जानकारी दिए ।
बुधबार प्रि–क्वार्टरफाइनल अन्तर्गतका ८ खेल हुनेछन् । प्रतियोगितामा २८ टिमले भाग लिएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१