पोखरा । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा भएको ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप २०७७’को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा गार्डेन एफसी भेट्रान्सलाई टाइबे्रकरमा ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गार्डेनका मनबहादुर गुरुङको पेनाल्टी प्रहार पोलमा लागेर फर्किदा उपविजेतामा चित्त बुझाउनु परेको हो ।
ब्रदरवुडका लागि मनोज गुरुङ, मिले गुरुङ र कप्तान विक्रम गुरुङले गोल गरेका थिए । गार्डेनको तर्फबाट कप्तान विनोद गुरुङ र विकास गुरुङले गोल गरेका हुन् । निर्धारित २५–२५ मिनेटको निर्धारित समयमा दुवै टिमबाट राम्रा राम्रा अवसरमा गोल गर्न नसक्दा खेल टाइब्रेकरतर्फ मोडिएको हो । विजेता बनेको ब्रदरवुडले नगद ७० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता गार्डेन भेट्रान्सले ४० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा ब्रदरवुडका मनोज गुरुङ चुनिए । उनको दाम्पतीलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विधागत पुरस्कारतर्फ गार्डेनका विकास गुरुङ बेस्ट डिफेन्डर र मनबहादुर गुरुङ मिडफिल्डर चुनिएका थिए । ब्रदरवुडका रिम पुन बेष्ट गोलरक्षक, मनोज गुरुङ बेस्ट स्ट्राइकर भए । यस्तै भ्याली स्पोर्टस्का विजय गुरुङ हाइ स्कोरर हुँदा गोर्खा अल्टिमेट फिटनेस सेन्टरले फेयर प्लेको पुरस्कार प्राप्त ग¥यो । विधागत रुपमा उत्कृष्ट टिम र खेलाडीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई स्वर्गीय देश्ना चन्दका पिता विवेक चन्द, उत्साह चन्द, एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङ, आयोजनक संस्थाका अध्यक्ष, सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए । गत फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १८ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१