पोखरा । माछापुच्छ्रे बैंकले पोखराका विभिन्न स्थानमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले शुक्रबार पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा सिद्धार्थचोकस्थित श्री कम्प्लेक्समा एकैसाथ सो सेवा सञ्चालनमा ल्याएको हो ।
हङकङ बजारमा नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ«े बैंकका सञ्चालक रोशन केसीले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका थिए । कार्यक्रममा सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानी मार्फत गर्न आमउपभोक्तालाई आग्रह गरे ।
सो सेवासँगै हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोड प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।
ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्ने छन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग सर्वसाधारणमा बढ्दै गएको छ ।
पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानको संख्या करिब ९ हजार पुगेको छ ।
बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन मार्फत खाता एवं मुद्दति खाता खोल्ने लगायत अत्याधुनिक प्रविधि ग्राहकमाझ ल्याएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१