फाेटाेः सामाजिक सञ्चाल
झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । उहाँका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ३१ हजार, रु २१ हजार र रु ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु दुई हजार प्रदान गरिने छ ।
अर्जुनधारा जलेश्वरधाम
प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि रु एक हजार र शिव भजनका लागि रु ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिशन (प्रारम्भिक छनोट) फागुन २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५०/५० जना सहभागी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा तीमध्ये पाँच जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तीमा रु पाँच लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताए। धाममा फागुन २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
मानव तस्करसँग जापान गएपछि कोशीका मन्त्रीको पद चैट
कोसीमा कांग्रेसका सिटौला विजयी
बास्तोलाको अन्तर्राष्ट्रिय समन्वय समिति गठन गर्न सुझाव
कोशी प्रदेश मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१