Worldlink ads

विसं २०८० ‘कालिका दर्शन वर्ष’

रासस
फागुन ९, २०७७
baglung_kalika_temple

बागलुङ ।  विसं २०८० लाई ‘कालिका दर्शन वर्ष’ का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि ‘कालिका दर्शन वर्ष’ को औपचारिक घोषणा भने नयाँ वर्षका दिन आउँदो वैशाख १ गते गर्ने तयारी छ ।

मन्दिर गुठीका अध्यक्ष राजु खड्काका अनुसार विसं २०८० मा ५० लाख दर्शनार्थी÷पर्यटक मन्दिरमा भित्र्याउने लक्ष्य लिइएको छ । “दुई वर्ष पूर्वाधार तयारी र प्रचारप्रसारको काम गर्छौँ”, उहाँले भन्नुभयो, “विसं २०८० मा बढीभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकलाई मन्दिरको दर्शन गराउने, घुमाउने योजना छ ।” मन्दिरलाई जोडेर जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय सम्पदाको प्रवद्र्धन गरिने अध्यक्ष खड्काको भनाइ छ ।

सो वर्ष हरेक महिना जिल्लास्तरमा विशेष ढङ्गले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । त्यसका लागि स्थानीय तहदेखि राज्यका निकाय र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने गुठीले जनाएको छ । प्रवासी नेपाली र तिनका संस्थामार्फत दर्शन वर्षको प्रचारप्रचार विदेशमा गरिने अध्यक्ष खड्काले बताउनुभयो । दर्शन वर्षको कार्यक्रमिक खाका बनाउने काम अहिले भइरहेको जनाइएको छ । सोही वर्षदेखि कालिका मन्दिर परिसलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने पनि तयारी भइरहेको छ । विसं २०७९ सम्ममा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित र न्यूनीकरण गर्दै जाने गुठीको योजना छ ।

‘कालिका दर्शन वर्ष’ ले जिल्लाको धार्मिकसँगै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । उहाँले बागलुङको पर्यटनलाई उकास्न कालिका दर्शन वर्ष जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले टेवा पुर्याउने उल्लेख गर्नुभयो । सरकारद्वारा सूचीकृत पर्यटकीय गन्तव्यस्थलमा पर्ने कालिका भगवती मन्दिरमा बर्सेनि बडादशैँ र चैत्राष्टमी पर्वमा ठूलो मेला लाग्ने गर्छ । कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

देशका विभिन्न भागदेखि भारतसम्मबाट यहाँ दर्शनार्थी आउँछन् । माघ र साउन महिनाबाहेक वर्षभरि नै मन्दिरमा भक्तजनको भीड लाग्छ । विसं १५९१ मा स्थापित सो मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी उठ्छ । बागलुङ नगरपालिका–१ मा पर्ने मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गरिए पनि त्यसले अझै साथर्कता पाएको छैन ।

Related News

सम्बन्धित समाचार

    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • तीजलाई घरमै सीमित बनाइने

      रासस भाद्र ११, २०७८
      गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग