नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतसँगको असमान सन्धिसम्झौता अस्वीकार गर्ने नेपालको १ मात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।
सोमबार पूर्वी नवलपरासीको अरुणखोलामा नेकपा (ओली समूह) को नगरस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । गुरुङले भने, ‘कम्युनिस्ट सरकारको प्रधानमन्त्री मनमोहन अधिकारीले असमान सन्धीको विरुद्ध आवाज उठाए तर अन्य प्रधानमन्त्रीले उठाउन सकेनन् मनमोहन अधिकारी पछिको केपी ओलीमात्र यस्तो प्रधानमन्त्री हुन् । जसले भारतसँगको असमान सन्धि सम्झौता मानेनन् ।’
पार्टीको गण्डकी इनचार्जसमेत रहेको उनले नेपाली जनताले कुनै पनि पार्टी विभाजन अस्वीकार गरेको बताउँदै जसले पार्टी फुटाएर जान्छ उही नै सिद्धिने उद्घोष गरे । उनले भने, ‘एमाले फुट्दा होस् कांग्रेस फुट्दा होस वा माओवादी फुट्दा होस् जसले पार्टी फुटाएर गए उनीहरुलाई साथ दिएको इतिहास नेपालमा छैन । त्यस कारण पनि अहिले पनि प्रचण्ड नेपाल समूहलाई जनताले साथ दिँदैनन् ।
गण्डकी सरकारको महत्वाकांक्षी योजना मध्येको एउटा योजना मुस्ताङ–त्रिवेणी सडक खण्ड अन्तरगत पर्ने दुम्किबास–त्रिवेणी सडक निर्माणका लागि निरीक्षण गर्न आइपुगेका मुख्य मन्त्री गुरुङले सोमबार नै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुसँग बाटो निर्माणको कानुनी अड्चनका बारेमा छलफल गरेका छन् ।
गुरुङ मुख्यमन्त्री भएर नवलपुर आएको पहिलो सार्वजनिक कार्यक्रममा उनले प्रदेश सरकारको मुख्य योजनामध्ये मुस्ताङ–त्रिवेणी बाटो निर्माण प्रमुख आयोजना हुने बताएका थिए । उनको कार्यकालको ३ वर्ष बितिसक्दा पनि अझै सोही सडक खण्ड अन्तरगत पर्ने त्रिवेणी दुम्किबास सडक निर्माण कार्य सुरुसम्म हुन सकेको छैन भने गण्डकी प्रदेशको भारतसँग जोडिएको मुख्य नाका त्रिवेणी नाकाले ठूला भन्सारको रुपमा मान्यता पाइसके पनि काम भने अगाडि बढ्न सकेको छैन ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७