पोखरा । कर्मफ्लाइटस् पोखराले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बागलुङ र रुकुम पूर्वका १३ विद्यालयका १ हजार ३ सय ४६ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ ।
बागलुङको ढोरपाटन ९ मा भदौमा आएको बाढीबाट प्रभावित सरस्वती आवि, सुकुरदुङ र जनचेतना प्रावि, सुप्राङका २ सय ४२ बालबालिकालाई ज्याकेट वितरण गरिएको थियो । सो कार्यक्रमको संयोजन शिक्षक जीवन घर्तीमगरले गरेका थिए ।
यस्तै, निसीखोला २ का ७ विद्यालयका प्रावि तहमा अध्ययन गर्ने तथा तिनका मातहतमा रहेका ८ वटा बाल विकास केन्द्रका गरी ७ सय ७ विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ । जसमा गाउँपालिकाको २ लाख ७४ हजार, विद्यालयको ५३ हजार तथा संस्थाको ६ लाख ५० हजार गरी निसीखोला–२ मा मात्र करिब १० लाख बराबरको ज्याकेट वितरण गरिएको ज्याकेट वितरण समितिका संयोजक पूर्णलाल अर्यालले बताए ।
निसीखोला २ का वडाध्यक्ष कुविर विश्वकर्माले सहयोगबाट विद्यार्थी खुसी बनेको बताए ।
यसैगरी, रुकुम पूर्वको पुथा उत्तरगंगा ५ स्थित देउराली मावि हुकामका ४३ जना र सोही वडाका आधारभूत विद्यालयका ६९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ज्याकेट वितरण गरियो । यस्तै, ती विद्यालयमा खेल सामग्री तथा मास्क वितरण गरिएको थियो ।
साथै जनजागृति आवि मयाङका २ सय १२ जना तथा पुथा हिमालय माविका छात्रवृत्ति प्राप्त गर्ने ३८ जना विद्यार्थीलाई ज्याकेट वितरण गरियो । सो कार्यक्रम संयोजन पत्रकार कर्मसिंह घर्तीमगरले गरेका थिए ।
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हरेक वर्षको हिउँदमा संस्थाले दूरदराज र हिमाली भेगका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लक्षित गरी स्थानीय निकायको सहकार्य र संयोजनमा न्यानो ज्याकेट वितरण गर्दै आएको छ ।
२०७२ सालयता गोरखा, कास्की, तनहँु, रुकुम र बागलुङ गरी १० हजार ४३ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको संस्थाका अध्यक्ष भूपालसिंह गुरुङले जानकारी दिए ।
प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्मफ्लाइटस्ले कोरोना बेलामा अप्ठेरोमा परेका २० कामदारको लागि रोजगारी सिर्जना गरी आर्थिक सबलीकरणमा सहयोग पु¥याएको जनाएको छ ।
समग्र परियोजनामा कुल १ हजार ३ सय ४६ विद्यार्थीलाई पालिका र विद्यालयको आर्थिक सहकार्य बाहेक संस्थाको मात्र १० लाख ८७ हजार खर्च भएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
Related News
सम्बन्धित समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु
विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१