जनजागरण टोल विकासमा देवी थापा

आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
received_172015141378401

 जनजागरण टोल विकास संस्था पोखरा–१७ विरौटाको अध्यक्षमा देवी थापा चयन भएकी छन् । शनिबार भएको संस्थाको छैटौं साधारण सभा एवं तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत चयन भएको समिति उपाध्यक्षमा कमल बराल, सचिवमा शिव बराल, सहसचिवमा गोविन्द शर्मा, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ छन् । सदस्यहरुमा नन्दु पोख्रेल, हीरादेवी आले, सदस्य प्रकाश गुरुङ, तुलसीप्रसाद पौडेल, भगवती बराल, विश्वास भण्डारी चयन भए ।

कार्यक्रममा बोल्दै पोखरा –१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले चाहेजति विकास गर्न नसकिएको बताए । उनले आवश्यकता ख्याल नगरी बजेट विनियोजन हुँदा विकासका कार्य गर्न नसकिएको जनाए । नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारीले टोल विकास संस्थाले विभिन्न स्थानबाट आएर बसोवास गर्नेहरुको मन जोड्ने काम गर्ने बताइन् । संस्थाका पूर्व अध्यक्ष युवराज बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width