पोखरा । सिंगिङ रियालिटी साे वाइ वाइ नेपाल स्टार सिजन १ मा उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ।
नेपाल टेलिभिजनद्वारा शनिबार राति प्रसारित कार्यक्रमबाट फाइनल प्रवेशसँगै एलिना गुरुङ पहिलो पटक गृहनगर पोखरा आएकी हुन् । एलिना गुरुङ जिताऔं सहयोग समितिले गरेकाे स्वागत कार्यक्रममा पोखरा विमानस्थलमा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा बिष्ट, एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङ,तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलगायत विभिन्न संघ संस्थाका तर्फबाट पोखरेली चेलीलाई भव्य स्वागत गरिएको हो।
पोखरा विमानस्थलमा पञ्चैबाजा, खादा, मालालाई स्वागत पश्चात बृहत मोटसाइकल र्यालीसहित मुस्ताङचोक, राष्ट्र बैंक चोक, सिर्जनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकालीचोक हुदै भद्रकाली माविमा पुगी स्वागत कार्यक्रममा परिणत भएको थियो। एलिनाले अध्ययन गरेको भद्रकाली माविमा पुग्दा प्रिन्सिपल घनश्याम रिजाल लगायत विद्यालयका विद्यार्थीहरुले खादा लगाएर स्वागत गरेका थिए।
भद्रकाली माविमा एलिना गुरुङ जितऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङको अध्यक्षता र सचिव रोशनी गुरुङको संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल घनश्याम रिजाल, एलिना गुरुङ जिताऔं सहयोग समितिका संरक्षकहरु हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठलाई शुभकामनासहित एलिनालाई नेपाल स्टार उपाधि पहिराउने दावी गरे।
कार्यक्रममा एलिना गुरुङको गीत प्रस्तुतिले थप रौनक दिएको थियो। उनले सबैको मायाबाटै नेपाल स्टारको उपाधि जितेर इमान्दार संगीतको यात्री बन्ने बताइन्। फाइनालिष्ट एक्ली चेली एलिना गुरुङले आफु भोटका साथै उपाधि जिताउन सहयोग गर्न आग्रह समेत गरिन्।
पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ स्थित चिउली पाचे तमु समाज भवनमा कन्सर्ट आयोजना गरिएकाले कार्यक्रममा उपस्थितीका लागि आग्रह गरिएको छ।कार्यक्रममा एलिना गुरुङका साथै पोखरेली चर्चित गायकहरुको प्रस्तुति रहने बताइएको छ।
Related News
सम्बन्धित समाचार
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
धनबहादुर गायकको शोक सभा : साधना र सिर्जनाका कारण धनबहादुर गायक अम्मर रहनेछन्
hero news full width
मुख्य समाचार
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७