एन प्याब्सान कास्कीले मनायो स्थापना दिवस

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
n pabson

पोखरा । नेसनल प्याब्सान कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । ‘सहजतामा हैन संकटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयमा कास्की मोडनाइज्ड एकेडेमी, रत्नज्योति मावि, फेवा बोर्डिङ स्कुल, चिल्ड्रेन्स एकेडेमी, राइजिङ स्टार एकेडेमी, साइनिङ स्टार बोर्डिङ स्कुल छन् । ती विद्यालयका संस्थापकलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यसैगरी सामाजिकदायित्व अन्तर्गत राष्ट्रिय आविस्कार केन्द्रलाई एन प्याब्सान कास्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ डा.महावीर पुनलाई हस्तान्तरण गरेको एन प्याब्सान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवदत्त तिवारीले जानकारी दिए ।

सोहि अवसरमा पोखरा महानगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि १० हजार मास्क हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले सरकारले संस्थागत विद्यालयलाई कहिल्यै पनि समस्यामा पार्न नखोजेको बताए ।

‘सरकारले गर्ने काम संस्थागत विद्यालयले गरेको छ । यसकारण पनि सरकार संस्थागत विद्यालयप्रति कहिल्यै पूर्वाग्रही हँुदैन,’ उनले भने,‘ नीति नियम बनाउँदा पर्याप्त परामर्श नभएर कमी कमजोरी भयो होला यसलाई सुधार्दै लैजानु पर्दछ ।’

नेसनल प्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले संस्थागत विद्यालयको संरक्षणका लागि संस्था स्थापना भएको बताए । एन प्याब्सानका केन्द्रीय महासचिव सुभाष न्यौपानेले सरकारको अक्रमन्यताका कारण निजी विद्यालय धरासायी बनेको उल्लेख गरे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरमा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयमा विद्यार्थी बढी भएकोले महानगरको बोझ निजी विद्यालयले लिएको उल्लेख गरे ।
नेसनल प्याब्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width