राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
Rastriya school

पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ ।

सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयको गौरवशाली इतिहास रहेको चर्चा गर्दै उक्त इतिहास जीवन्त राख्नुपर्ने बताए । ‘विद्यालयमा कतिपय भौतिक संरचना जीर्ण छन्, त्यसतर्फ महानगरको ध्यानाकर्षण भएकै छ,’ उनले भने ।

सो अवसरमा उनले विद्यालयका संस्थापकको स्मरण गरे ।

पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले जिल्लाको महत्वपूर्ण शैक्षिक थलोका रुपमा विद्यालयलाई चिनाउँदै यसको इतिहासलाई पुनर्जीवन दिनुपर्ने बताए ।

वडा २ का अध्यक्ष दिवसमान् प्रधानाङ्गले विद्यालयमा जुनसुकै तवरको सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले शैक्षिक छलाङ मार्ने गरी अगाडि बढ्न विद्यालय प्रशासनको ध्यानाकर्षण गराए ।

उनले गरिब दीनदुखीका छोराछोरीलाई इमानदारीपूर्वक पठनपाठन गराउन शिक्षकलाई सुझाव दिए ।

गत २० मंसिरमा ७५ औं वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सवअन्तर्गत २२ कार्यक्रम गर्दै

पूर्व विद्यार्थी समेत रहेका शिक्षासेवी अशोक पालिखेले पूर्व विद्यार्थीको पहलमा विद्यालय प्रवेशद्वार एवं कार्यक्रम गर्न स्टेज निर्माण गर्ने प्रतिबद्धता जनाउँदै त्यसमा साथ दिन सबैसँग आह्वान गरे ।

कार्यक्रमबीच विभिन्न विधामा श्रेष्ठता हासिल गर्ने पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कृषि विज्ञ डा. अनिल सुवेदी, महिला सशक्तीकरण अभियन्ता कर्मा गुरुङ, पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारी, वरिष्ठ उद्योगपति गणेशबहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक जगदीशलाल वैध, अग्रज पत्रकार तिलकमान् गुभाजु छन् ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ, २०३१ सालमा एसएसईमा बोर्ड फस्ट हुन सफल दानकुमार प्रधान, वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’, पूर्व राज्यमन्त्री प्रकाशबहादुर गुरुङ, पोखरा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रकाशमान् गुभाजु, गायिका बाबा राणा, न्यायिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक राघवलाल वैद्य, विद्यालयका पूर्व अध्यक्ष रामराज रेग्मी तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त पनि पुरस्कृत भए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणाले सबैको सहयोगबाट हीरक जयन्तीका कार्यक्रम जारी रहेका र चुस्तदुरुस्त अभिलेखीकरणको प्रयास भइरहेको जनाए ।

सो अवसरमा प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले विद्यालयको गतिविधिबारे प्रकाश पारे उनले विद्यलाय स्वामित्वमा रहेको टँुडिखेल मैदान दिनप्रतिदिन अतिक्रमित भइरहेको सुनाउँदै त्यसलाई जोगाउन सामूहिक प्रयासको खाँचो औंल्याए ।
२०३६ सालको एसएलसी ब्याचको सहजीकरणमा भएको पुनर्मिलन समारोहमा संयोजक वसन्तराज अधिकारी, सहसंयोजक मैयाँ पराजुली सिग्देल लगायतले बोलेका थिए । उनीहरुले एकतामा नै शक्ति हुने औंल्याए । कार्यक्रमबीच पूर्व प्रअ श्यामप्रसाद कर्माचार्यको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरियो ।

विद्यालय अध्यक्ष राणाको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता परिवारतर्फबाट शिवप्रसाद पराजुलीले स्वागत र २०३६ साल एसएलसी ब्याचका विद्यार्थी विश्वगोपाल पराजुलीले कार्यक्रम सञ्चालन गरे ।

गत २० मंसिरमा ७५ औं वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव अन्तर्गत १ वर्षसम्म विभिन्न २२ कार्यक्रम गरी महोत्सव मनाउने घोषणा गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width