पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आयोगको ३० औं वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेस गरेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको हो ।
कार्यालय प्रमुख विपीन आचार्यले प्रतिवेदनका मुख्य विषयहरूको संक्षिप्त प्रस्तुतीकरण गरे । आचार्यले प्रस्तुतीकरणमा प्रतिवेदनमा रहेका मुख्य विषय, उजुरीको प्रवृत्ति, प्रदेशस्तरमा उजुरीहरूको प्रवृत्तिसँगसँगै भ्रष्टाचार न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहका लागि आयोगले पेस गरेका सुझावहरूको बारेमा प्रकाश पारे ।
वार्षिक प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संविधान र कानुनी रूपमा आयोग अधिकार सम्पन्न रहेको बताए । आयोगले प्रमाणमा आधारित सुक्ष्म अनुसन्धान गरी सोका आधारमा जुनसुकै पदका दोषीउपर अभियोजन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, आयोगको ५ वर्षे संस्थागत रणनीतिक योजनाको सोंच ‘भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण’ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्य आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने धारणा व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याए ।
साथै, प्रदेश प्रमुख शेरचनले भ्रष्टाचार नियन्त्रण होइन समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पेश गरेकोमा आयोगप्रति धन्यवाद व्यक्त गरे ।
‘भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण’ पूरा गर्न अधिकार सम्पन्न निकायबाट हुने कार्यहरू आयोगको क्षेत्राधिकार बाहिर राखिन नहुने धारणा व्यक्त गर्दै गण्डकी प्रदेशमा निर्ममतापूर्वक भ्रष्टाचारविरुद्ध आयोग र आयोगको कार्यालय पोखराले भूमिका खेल्नुपर्ने औंल्याए । साथै, उनले भ्रष्टाचार नियन्त्रण होइन समाप्त पार्ने सन्दर्भमा आफूले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पेस गरेकोमा आयोगप्रति धन्यवाद व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७