बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रको आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि उहाँले सूचना केन्द्रबाट सबै तप्काका नागरिकले लाभ लिने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका लागि उपकरण, फर्निचरलगायतका सामग्री खरिदमा प्रभु बैंकले रु पाँच लाख सहयोग गरेको थियो । प्रमुख कार्यकारी अधिकृत शेरचनले जिल्लाका अन्य क्षेत्रमा पनि सूचना केन्द्र विस्तारका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सुसंस्कृत र सुसूचित समाज निर्माणका लागि सूचना केन्द्र बहुउपयोगी बन्नेछ”, उहाँले भन्नुभयो । शाखा अध्यक्ष दिल शिरीषले सूचना केन्द्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो ।
तत्काललाई पत्रकार/सञ्चारकर्मीका लागि अध्ययन, समाचार लेखनलगायतका कामका लागि केन्द्र प्रयोगमा आउने भएको छ । अध्ययन संस्कृतिको विकासमा पनि सूचना केन्द्रले सघाउने विश्वास लिइएको छ ।
सूचना केन्द्रमा जिल्लाको पहिचान झल्काउने श्रव्य/दृश्य सामग्री, विभिन्न क्षेत्रका सूचना/अद्यावधिक तथ्याङ्कलगायत सार्वजनिक चासो र महत्वका जानकारी लिनदिन सकिने गरी प्रबन्ध मिलाइने अध्यक्ष शिरीषको भनाइ छ । उहाँले छिट्टै विद्युतीय पुस्तकालय पनि सोही केन्द्रमार्फत सञ्चालनमा ल्याइने बताउनुभयो ।
सूचना केन्द्रमा भौतिक पुस्तकालय पनि रहनेछ । “अहिले शुरुआत मात्र भएको छ, यसको प्रभावकारिता कसरी बढाउने भन्ने सन्दर्भमा हामीले थप योजना बनाउँछौँ”, अध्यक्ष शिरीषले भन्नुभयो, “आम नागरिकको सूचना केन्द्रमा पहुँच रहने गरी पूर्वाधार, सुविधा थप्छौँ ।”
अहिले १० वटा कम्प्युटरबाट सूचना केन्द्र सञ्चालनमा आएको छ । आफ्नै कार्यालय नभएका, कम्प्युटर, इन्टरनेटलगायत सुविधाबाट वञ्चित पत्रकारले पनि सूचना केन्द्रबाट समाचार लेखन/सम्प्रेषणको काम गर्न सक्नेछन् । पत्रकारका लागि इमेल, इन्टरनेट, फोटोकपीजस्ता सेवा पनि निःशुल्क प्रदान गरिने शाखाले जनाएको छ । शाखाले आफ्नै सुविधासम्पन्न भवनसँगै आधुनिक सूचना केन्द्र बनाउने योजना केही वर्षअघि सारेको थियो ।
शाखाको तीनतले भवन निर्माण पूरा भई गत मंसिर र ३० गते उद्घाटन भइसकेको छ । ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमार्फत त रकमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणमा जनसाधारणदेखि राज्यका निकायको योगदान छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७