काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली समूहले सातवटै प्रदेशमा पार्टी इन्चार्ज तोकेको छ। आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको हो।
यसअघि दाहाल–नेपाल समूहका नेताहरु इन्चार्ज रहेको ठाउँमा ओली समूहले उनीहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी दिएको हो।
‘अहिले तीन प्रदेशमा नयाँ कमरेडहरुलाई इन्चार्चको जिम्मेवारी तोकिएको छ,’ केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने, ‘अन्य चार प्रदेशका इन्चार्ज यसअघिकै कमरेडहरु हुनुहुन्छ।’
उनका अनुसार यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ। प्रदेश २ मा सत्यनारायण मण्डल नै रहेका छन्। उनी ओली निकट नेता हुन्। त्यस्तै बागमती प्रदेशकी इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई ल्याइएको छ।
गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। दुबै मुख्यमन्त्री ओली समूहका हुन्। कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्व माओवादी समूहबाट आएका हुन्।
त्यस्तै सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पूर्व माओवादी नेता हुन्। जनवर्गीय संगठनको मोर्चाको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिइएको छ। जसमा यसअघि जनार्दन शर्मा थिए।
काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१