काठमाडौं । नेपाल पत्रकार महासंघले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस संविधानविपरीत रहेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीको कदम संघीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भएको महासंघले विज्ञप्तिमा जनाएको छ ।
‘सरकारद्वारा मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर वज्रपात हुन पुगेको छ,’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूले यस्तो कदमको विरोध गर्नुपर्ने पनि महासंघले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मोतिपुर करिडोर काण्ड: अर्थमन्त्री र उद्योगमन्त्रीको भागाभाग
नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
बालुवाटार छिरे विप्लव
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७