बाढीपहिरोपीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७७
DSC_0003

????????????????????????????????????

म्याग्दी । धवलागिरि र मालिका गाउँपालिकाका बाढीपहिरोपीडितलाई म्याग्दी प्रवासी नेपाली संघ मोना युकेले आर्थिक सहयोग गरेको छ । असार २५ र २६ मा गएको बाढीपहिरोबाट विस्थापित परिवारलाई मोना युकेले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पत्रकार साधन राम्जालीले उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल, वडाध्यक्षहरु लगायत कर्मचारीको उपस्थितिमा २ लाख ५० हजार रुपैयाँको चेक मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरलाई हस्तान्तरण गरे ।

पीडित परिवारको राहत तथा व्यवस्थापनमा मोना युके, मोना आईइसी एवम् देशविदेशमा रहेका म्याग्दीली लगायत नेपालीहरुले ठूलो सहयोग गरेको अध्यक्ष रोकामगरले बताए। पीडित परिवारको पुनर्वासका लागि गाउँपालिकाले पहल थालेको समेत जानकारी दिए ।

सो सहयोग मालिकाको वडा १ मा ५, वडा २ मा १, वडा ३ मा १, वडा ४ मा ६, वडा ५ मा २०, वडा ६ मा ५, तथा वडा ७ मा ३० जनालाई सहयोग हस्तान्तरण गरिने छ ।

उता, धवलागिरि गाउँपालिका पीडितलाई पनि २ लाख ५० हजार रुपैयाँ सहयोग गरियो । सो रकमको चेक गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले वडा ६ का अध्यक्ष राजाराम सुवेदी र वडा ७ का कावा वडाध्यक्ष देवबहादुर थापालाई हस्तान्तरण गरे ।

बाढीपहिरोबाट धवलागिरिमा सबैभन्दा बढी क्षति भएको बताउँदै उपाध्यक्ष छन्त्यालले देशविदेशमा रहेका म्याग्दीली लगायत नेपालीको सहयोगमा पीडित परिवारलाई तत्काल राहत तथा व्यवस्थापन गरिएको जानकारी दिए ।

मोना युकेका कोषाध्यक्ष पदमसुन्दर गर्बुजाको पहलमा मराङका पीडितलाई तत्काल आर्थिक, जिन्सी तथा खाद्यान्न सहयोग प्राप्त भएको हो ।

धवलागिरिको वडा ६, मराङमा मृतक २१ जनाका आफन्त ९ सहित पूर्ण क्षति १७, आकस्मिक क्षति १७, वडा ७ मा पूर्ण क्षति १४ परिवारलाई सो रकम वितरण गरिने मोना युकेले जनाएको छ ।

क्षतिको आधारमा म्याग्दीका सबै पालिकाका पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिने मोना यूकेका अध्यक्ष दल जुग्जालीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width