पोखरा । गण्डकी प्रदेश सांसद राजीव पहारीले पोखराको २३ नम्बर वडा गण्डकीमै सबैभन्दा धेरै विकास निर्माणको काम गरिएको वडा भएको बताएका छन् ।
‘नेपालभरिमै बजेटको तुलना गर्ने हो भने प्रदेश सरकारबाट सबैभन्दा धेरै बजेट विनियोजन भएको वडा यो हो । करिब ५० करोड बजेट यहाँ छ,’ उनले भने, ‘कहिलेकाहीँ कार्यान्वयनमा समस्या हुन्छ । काम नहुँदा बजेट आउँदैन । निर्माण व्यवसायी र उपभोक्ताका कारण समयमा काम हुँदैन । अब कसैले ढिलासुस्ती नगरौं ।’ यो वर्षमात्रै २३ नम्बर वडामा २ दर्जन हाराहारी योजना कार्यान्वयन चरणमा रहेको उनले जानकारी दिए । पहारीले समयमै गुणस्तरीय काम गर्न सबैले घच्घच्याउनुपर्ने बताए । निर्माण व्यवसायीले समेत ढिलासुस्ती गरे कालोसूचीमा राख्न पहल गर्ने उनको भनाइ छ ।
यो वडामा पहिलो पटक पक्की बाटो बन्न थालेको छ । ४० लाख लागतमा ३ सय मिटर सडक कालोपत्रे गर्न लागिएको हो । यो अभियान निरन्तर चल्ने उनको भनाइ छ । सांसद पहारीले फेवातालको संरक्षणका लागि माथिल्लो तटीय क्षेत्रको सुरक्षा गर्नुपर्ने बताए । ‘माथिल्लो तटीय क्षेत्रको संरक्षण नगरेसम्म फेवाताल संरक्षण हुँदैन । त्यसैले सिल्ट्रेसन ड्याम बनाइएको छ,’ उनी भन्छन्, ‘प्रत्येक वर्ष आउने बालुवा, गिटी बेचेर हुने आम्दानीको पैसा यिनै वडामा खर्च गर्नुपर्छ । त्यसपछि यहाँको विकासले तीव्रता पाउँछ ।’
उनले २ वर्षभित्रै पञ्चासेसम्म कालोपत्रे सडक पु¥याउने दाबी गरेका छन् । ‘मेरो कार्यकाल अब २ वर्ष बाँकी छ । यहीँ कार्यकालमा पञ्चासेसम्म कालोपत्रे बाटो पुग्छ । वल्र्ड बैंकसँग सम्झौता भएको छ,’ पहारीले भने, ‘यहाँको विकासका लागि मलाई जिताउनुभएको हो । सकेको विकासमा म दिनरात लाग्छु । लागिरहन्छु ।’ उनले शनिबार २३ नम्बर वडाको विकास निर्माणको अनुगमन गरेका छन् । घाँटीछिनादेखि मकवानपुर हुँदै भन्ज्याङ निस्किने सडक निर्माण र स्तरोन्नति भैरहेको छ ।
स्थानीयले भूगोलका कारण यो क्षेत्रको विकास पछाडि परेको बताए । ‘करोडौं पैसा खर्च भयो । तर बाटो छिचोलिएन । बालुवामा पानी हालेजस्तो भएको छ,’ वडा नम्बर २३ का अध्यक्ष विष्णु पराजुलीले भने, ‘अब ठूलो बजेटले मात्रै काम हुन्छ । सानो बजेट हरायो ।’ पालिकाको पैसाले ठूला आयोजनामा काम गर्न नसकिने भएकोले प्रदेश र संघले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सडक उपभोक्ता समिति अध्यक्ष दामबहादुर विश्वकर्माले सकेसम्म गुणस्तरीय काममा आफूहरुले बढी जोड दिएको बताए ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७