पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ । शुक्रवार बसेको काँग्रेस पदाधिकारीको बैठकले मंसिर २९ मा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधवार जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको दुव्र्यवहारका बारेमा छलफल गर्न बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।
बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको हो ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशव्यापीरूपमा बढेको भ्रष्टाचार, कोरोनाको असफल व्यवस्थापन र ठाउँठाउँमा भइरहेका दमनविरुद्ध काँग्रेस सडकमा आउने जानकारी दिए ।
उनका अनुसार पदाधिकारी बैठकले गरेका २ निर्णयमध्ये पहिलो मङ्सिर २९ मा देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्ने र दोस्रो संसद्को अधिवेशन माग गर्ने रहेका छन् ।
केही साताअघि बसेको बैठकले पनि संसद्को विशेष अधिवेशन माग गर्ने निर्णय गरेको थियो । अहिले विशेष भनेर कुनै निर्णय नभएको तर अधिवेशन माग गर्नेमात्र निर्णय भएको उनले बताए ।
यसैबीच, पौडेलले तनहुँको बुल्दी खोलामा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटीपूर्ण भएको नेकपाले जनाएको छ । व्यास–१ तालघरे र व्यास–१० र ११ जोड्ने सो पुल नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएकोमा बिहीबारमात्र दलबलसहित उद्घाटन गरेका थिए ।
नेकपा तनहुँद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलन निर्वाचित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभासदस्य र गण्डकी प्रदेशसभा सदस्यले पुल उद्घाटन प्रक्रिया र विधिलाई अपमान गरी त्रटिपूर्ण तवरले गरिएको बताएका हुन् ।
उनीहरुले निर्वाचित सांसदलाई कुनै सम्पर्क तथा समन्वय नगरेको जिकिर गरे । पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्लास्तरको कार्यालयमा समन्वय नगरेको उनीहरुको आरोप छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलले नीतिविपरीत उद्घाटन गरिनु त्रुटिपूर्ण बताए ।
प्रशासनले लगाएको निषेधाज्ञाका बीच पौडेलले अघिल्लो दिन पुल उद्घाटन गर्न लाग्दा ३ घण्टासम्म प्रहरीले पक्राउ गरेर राखेको थियो । उनको पक्राउविरुद्ध काँग्रेसका भातृसंगठनहरुले ठाउँठाउँमा विरोध प्रदर्शन गर्दै नेकपा सरकारको कार्यशैलीविरुद्ध चर्का नारा लगाएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
कांग्रेसको वडावडामा विरोध प्रदर्शन
संवैधानिक इजलासले संसद् विघटनको सूचना झिकाउने
प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका वडाहरुमा कांग्रेसको विरोध प्रदर्शन
hero news full width
मुख्य समाचार
विकास खर्च तीन वर्षयताकै कम
हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७