बाइकको ठक्करबाट बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७
Bike Accident

तनहुँ, ६ मंसिर । तनहुँको भानुमा सवारी दुर्घटनामा ८ वर्षीय बालकको मृत्यू भएको छ । भानु नगरपालिका ५ पञ्चनगर चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नम्बरको मोटरसाईकलले सोही स्थानका ८ वर्षीय बालक आईज्याक सिमखडालाई ठक्कर दिएको थियो ।

ठक्करबाट टाउकोमा चोट लागि गम्भिर घाइते उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाएपनि दिउँसो एक बजे डाक्टरले मृत घोषणा गरेका छन् ।

मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width