सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
apf

पोखरा । वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलकोे गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराइमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार निकालेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षका जगत पुन वैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खवर प्राप्त भएपश्चात खटिएको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको  सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width