कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
swim-death-750×430

पोखरा ।  कालीगण्डकी नदीमा बेपत्ता भएका दिदीबहिनीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझदेखि बेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुमगरकी १४ वर्षीया छोरी नरिना र १७ वर्षीया लक्ष्मी बौदीकाली गाउँपालिकास्थित कालीगण्डकी नदी र बौदीकाली खोलाको दोभानमा मृत फेला परेकी हुन् ।

धारामा कपडा धोएपछि नुहाउन भन्दै दिदीबहिनी नदीमा गएका थिए । प्रहरी निरीक्षक कमल परियारका अनुसार गण्डकीमा नुहाउने क्रममा भुमरीमा परेर बेपत्ता भएका थिए ।

घर नजिकै धारामा नुहाउन गएका दिदीबहिनी राति अबेरसम्म नफर्किएपछि स्थानीय र प्रहरीले खोजी सुरू गरेका थिए ।

दिदी लक्ष्मी सारू आइतबार कालीगण्डकी किनारमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । बहिनी भने बेपत्ता थिइन् । उनी मंगलबार फेला परेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width