अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु   

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
aagalaagi

फाइल

अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार खरले छाएको कच्ची छानामा सोमबार बिहान अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts