गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
gandaki dig a

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै उनले कार्यालयका सबै शाखाको निरीक्षण समेत गरेकी छन् ।

उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत सिंहको सरुवा भएपछि सोमबारै पोखरा आइपुगेकी हुन् । डिआइजी सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छासहित स्वागत गरेका छन् ।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र उपस्थित कार्यालय प्रमुखलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारितालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसात गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिएकी छन् । गण्डकीका डिआइजी विकासराज खनालको उमेरहदका कारण अवकाश भएपछि पद रिक्त थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width