ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
aged person

aged person.

पोखरा । ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता-२०८१ को तयारी पूरा भएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, कास्कीले यही वैशाख १९ देखि २१ सम्म पोखरा सभागृहमा उक्त कार्यक्रम गर्न लागेको हो ।

‘सभागृह जाऔं, मज्जाले रमाऔं’ नारासहित समाजले पोखरा ९ मा आफ्नै भवन निर्माण सहयोगार्थ रकम संकलन एवं ज्येष्ठ नागरिकको हकहितसँगै उनीहरुको सम्मानका लागि उक्त कार्यक्रम गर्न लागेको प्रचार संयोजक अनन्तप्रसाद कोइरालाले बताए ।

उनका अनुसार कार्यक्रमपूर्व मंगलबार चिप्लेढुंगादेखि सभागृहकचोकसम्म प्रभातफेरी निस्कदैछ । उक्त प्रभातफेरी न्यूरोड हुँद कार्यक्रमस्थल आएर टुंगिने उनले बताए।

कार्यक्रमको पहिलो दिन बुधबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष समारोहबीच उद्घाटन गर्ने छन् । ३ दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रिय एवं स्थानीयस्तरबाट इन्द्रेणी समूह, सिन्धुली नौमती बाजाको प्रस्तुत रहनेछ । सिन्धुलीको नौमती बाजाको टिम पोखरा आइसकेको छ ।

यसैगरी, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, हिमाली सांस्कृतिक परिवार, शास्त्रीय संगीत प्रस्तुत हुनेछ ।

विभिन्न स्थानका भजन समूहसहितको लोकभजन प्रतियोगिताले कार्यक्रममा रौकनता थप्ने आयोजकको विश्वास छ । सो अवसरमा ९० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिने कार्यतालिका रहेको छ । हालसम्म ९० वर्षभन्दा माथिका ९ जनाले नाम टिपाइसकेको प्रचार संयोजक कोइरालाले बताए ।

कार्यक्रम संयोजक दुर्गाप्रसाद कोइरालाले ज्येष्ठ नागरिकमैत्री केन्द्रित कार्यक्रम सफल पार्न सिंगो पोखरेलीको दायित्व रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग