बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
Daman-bhandari-

पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् ।

उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि वैशाख १५ मा  बझाङमा उपनिर्वाचन भएको हो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा  कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width