गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
khagraj

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको रिटमा बहस सकिएको छ । निवर्तमान मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

दुवै पक्षका वकिलहरूले बहस गरिसकेका हुन् भने रिट उपर आजै फैसला हुने बताइएको छ । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी गरेका थिए ।

सोही दावीका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री बनाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग