महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
aakshyakosh handover

पोखरा । पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयका पूर्व शिक्षक समाजसेवी स्व.गोविन्दप्रसाद पौडेल र उहाँका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक बेदकुमारी पौडेल, संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल छन् ।

बुबा गोविन्दप्रसाद पौडेलले ३५ वर्ष महेन्द्र मा.वि.मा अध्यापन गराएको र आँफूहरू चारजना दाजुभाइ दिदीबहिनी समेतले यसै विद्यालयमा अध्ययन गरेको बताउँदै अक्षयकोषका संस्थापक महेश पौडेलले बुबासँगै हजुरबुबा र हजुरआमा समेतको स्मृतिमा अक्षयकोष राखिएको जानकारी दिए ।

स्व.पौडेल शिक्षण पेसाबाट अवकाशपछि पनि सो विद्यालयको ब्यवस्थापन समितिको सदस्य, भवन निर्माणको समितिको संयोजक लगायतका जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

व्राह्णमण समाज नेपालको पूर्व केन्द्रीय सदस्य, विश्व हिन्दु परिषद् कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलामको उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न सामाजिक संस्थामा रही सामाजिक सेवाका क्षेत्रमा पौडेल क्रियाशील थिए । २००८ साल वैशाख १७ गते जन्मेका पौडेलको आज ७४ औं जन्मजयन्ती हो ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग