मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सोमबार रिट खारेज गरिदिएको हो ।

चैत २५ मा एमालेका खगराज अधिकारीले सभामुखलाई समेत गनेर संविधानको धारा १६८ को २ अनुसार दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए ।

चैत २७ गते निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता पाण्डेले प्रदेश प्रमुख भट्टसहित, मुख्यमन्त्री अधिकारी, सभामुख कृष्णप्रसाद धिताल समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अधिकारी सरकारलाई दीर्घकालीन महŒवका काम नगर्न आदेश गर्दै वैशाख १० गतेका लागि पेसी तोकेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width