गण्डकीमा एकको मृत्यू, १३ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
Corona_2

पोखरा, २५ कार्तिक । गण्डकी प्रदेशमा एक संक्रमितको मृत्यु भएको छ । तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं. ९ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

उनलाई कार्तिक १२ गते कोरोना पुष्टि भएको थियो ।

प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पनि पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८ जना र तनहुँका ५ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । तनहुँका शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका हुन्

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ६८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width