लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी   

rss रासस
कार्तिक ८, २०७७
Deukhuri

देउखुरी, ८ कात्तिक । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए। ‘पूर्वाधारहरु छन् ’, प्रदेशसभा सदस्य थारुले भन्नुभयो, ‘अब संसद् बैठक देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ । ’

प्रदेश प्रमुख सचिवसंँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन्। ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौंँ, जिम्मेवारी लिन तयार छौँ’, उनले भने, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौंँ ।’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिए ‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ । यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ ।’ राप्ती प्राविधिक शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ।

एक हजार बिघा सरकारी जग्गा    
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको नापी कार्यालय लमहीका प्रमुख कृष्ण पौडेलले जानकारी दिए। ‘अहिले त फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएका छौंँ । दशैंँपछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने छाैं।

पूर्वाधार विकास प्राधिकरणको कार्यालय    
बडादशैं लगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ । यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो कार्यालय हुनेछ ।

प्राधिकरण कार्यालय प्रदेश स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि स्थापना गर्न लागिएको गाउँपलिकाका अध्यक्ष सुवेदीले बताए।

Related News

सम्बन्धित समाचार

    • प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !

      prakash dhakal प्रकाश ढकाल फागुन १७, २०७७
      पोखरा । उच्च सुरक्षा घेराको ३ तह । अघि–पछि हतियारधारी सुरक्षाकर्मी लिएर बालुवाटारबाट निस्किन्छन् प्रधानमन्त्री केपी शर्मा ओली । बालुवाटार…
    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…

    hero news full width

    sanil ads

    wordlink ads