कटुवाल लगाएर कोरोनाको सन्देश

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०७७

म्याग्दी । कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल लगाएर कोरोनासम्बन्धी सन्देश प्रबाह गरिएको हो ।

कटुवालहरूले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान सन्देश फुकिरहेका छन् । कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताए । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो । त्यसपछि गाउँमा सजगता अपनाउन कटुवाल लगाएर सन्देश प्रवाह गरिएको उनको भनाई छ ।

‘गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी कटुवाल नियुक्त गरिएको छ,’ उनले भने, ‘गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।’कटुवाललाई सजिलो बनाउन अन्नपूर्ण गाउँपालिकाले माइक दिएको छ ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः बस्तीमा कटुवाल राखिएको छ । कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width