ब्रेकर र खाल्टाखुल्टी मुक्त सडक बनाउने अभियान

भीमपाणि बराल
असाेज २८, २०७७
JCB

लेखनाथ, २८ असोज । पोखरा महानगरपालिका वडा नं.३० लाई ब्रेकर (अवरोधक) र खाल्टाखुल्टी रहित बनाउने उदेश्यले नागरिक परोपकार समन्वय संस्थाले बुधवारदेखि ब्रेकर हटाउने र खाल्टाखुल्टी पुर्ने अभियानलाई अगाडि सारेको छ ।

पोखरा महानगरपालिका वडा नं ३० को समन्वय र नागरिक परोपकार समन्वय संस्थाको अग्रसरमा अगाडि सारिएको अभियान शिसुवाको चोखीमाटी चोकमा जेसिवी लगाएर काम सुरु गरिएको होे ।

चाडवाडको समयमा वडालाई सुन्दर र सम्भावित दुर्घटनाबाट जोगाउनका लागि वर्षाका कारण भित्री बाटोमा परेका खाल्टाखुल्टी पुर्ने र अनुमति विना मापदण्ड विपरित बनाइएका व्रेकर हटाउन लागिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

पहिलो चरणमा जेसिवी लगाएर ब्रेकर भत्काउने र दोस्रो चरणमा आर एमसीको प्रयोग गरि बाटोमा परेका खाल्टा खुल्टी पुर्ने र जनतालाई सहज रुपमा यातायातको सुविधा दिने उदेश्यले अभियान थालेको अध्यक्ष ओझाको भनाई रहेको छ ।

बुधवार देखि सुरु भएको अभियानमा संस्थाका पदाधिकारी, वडासदस्य सोमलाल कँडेल, गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक बेदनाथ भण्डारी, युवा परिचालन उप–समितिका संयोजक भुमण्डल ताम्राकार, नेकपा वडा नं ३० का अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेस वडा नं ३० का सभापति निरलाल तझ्या लगाएतले आफु खुसी स्थानीय तह, सडक विभाग र ट्राफिक कार्यालयको स्वकृति विना निर्माण गरिएका संरचना हटाउने प्रतिवद्धता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width