हेमजा, २५ असोज। पोखरा महानगरपालिका–१८ साविक सराङ्कोट–६ ग्यारजातीस्थित चौरवासीले विकास निर्माणको हिसाबले आफूहरु पोखरा महानगरपालिकावासी हौं भन्ने आधार नभएको भन्दै गुनासो गरेका छन्।
‘न त हाम्रो ठाउँमा सहजै गाडी गुड्ने बाटो नै बनेको छ, न त खानेपानीको सहज प्रबन्ध’ संघीयता आएपछि देशमा विकास निर्माण राम्रै हुन्छ भन्ने लागेका चौरवासीले आफूहरुले संघीयताको स्वादसम्म चाख्न नपाएको तितो अनुभव सुनाए।
‘पहिला हामी ग्यारजाती–२ का थियौं । पछि सराङ्कोट–६ वासी भयौं । हुँदाहुँदै पोखरा उपमहानगरपालिका हुँदै महानगरवासी पनि भयौं। प्रशासनिक हिसानले ठेगाना फेरिने काममात्रै भयो तर विकास निर्माणले त झन् पछि पर्यौं,’ स्थानीय टंकप्रसाद अधिकारी गुनासो गर्छन् ।
‘चुनाव जितेर गएका जनप्रतिनिधिले विकास निर्माण त गर्छौै भनेका थिए तर अहिले उनीहरु हाम्रो पहुँचभन्दा टाढा भए । अब कसरी गाउँमा विकास निर्माण गर्ने हो ? कहिलेसम्म भड्खारो खोलाजस्तो सडकमा यात्रा गर्नुपर्ने हो ?’ गाउँलेहरुको प्रश्नमा चित्तबुझ्दाे जवाफ छैन ।
गाउँमा पोखरा पस्र्याङबाट २०६३ सालमा बाटो खनिएकोमा त्यसको हालसम्म पनि स्तरोन्नति हुन सकेको छैन। सडकमा सहजै मोटरसाइकल चलाउन सक्ने अवस्थासम्म छैन भने पानीको निकासका लागि नाला, सडकको लेभलिङ गरिएको छैन । ढलान र पीच त निकै परको कुरा।
सडकको दूरावस्थाबारे गाउँभेला बसेको छ । जसमा गाउँलेहरुले सडक एम्बुसजस्तो भएको भन्दै जुनसुकै बेला दुर्घटनामा पर्न सकिने औँल्याए। भेलाले स्थानीय कुखुरे बाद्धोदेखि चौरसम्मको सडक स्तरोन्नतिका लागि टंकप्रसाद अधिकारीको अध्यक्षतामा निर्माण समिति पनि गठन गरेको छ। समिति उपाध्यक्षमा विमला क्षेत्री, सचिवमा शिवप्रसाद विक, कोषाध्यक्षमा देवीप्रसाद अधिकारी तथा सदस्यमा नारायणी शर्मा, रीता अधिकारी, लीलामणि भूर्तेल र मैयाँ भूर्तेल अधिकारी छन्। त्यस्तै, विष्णुप्रसाद अधिकारी, भगवान् अधिकारी र चन्द्रमणि अधिकारीलाई सल्लाहकार चयन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१