पोखरा, १२ असोज । गण्डकी प्रदेश सांसद मीना गुरुङले आफ्नो जन्मदिन सडक बालबालिकालाई ट्रयाकसुट वितरण गरेर मनाएकी छन्।
सांसद गुरुङले कास्कीको ढिकुरपोखरीस्थित चिल्ड्रेन नेपालको भवनमा आश्रित १८ जना बालबालिकालाई ट्रयाक सुट वितरण गरेकी हुन्। पोखराका सडकमा लकडाउनको बेला समस्यामा परेका बालबालिकालाई पोखरा महानगरले संरक्षण गरी त्यहाँ आश्रय दिएको हो ।
सांसद गुरुङले आफ्नो जन्मदिन अवसरमा समाजमा थोरै भएपनि केही गरौं भन्ने निःस्वार्थ भावले बालबालिकाहरुको लागि ट्रयाकसुट सहयोग गरेको जनाइन्। उनले सडक बालबालिकारुको रेखदेख जिम्मा सरकार र सरोकारवाला निकायले गर्ने भन्दै आफ्नो उज्ज्वल भविष्यका बारेमा मात्र सोच्न आग्रह गरिन् । हङकङ व्युटी इन्स्टिच्युट संचालक एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियनका संस्थापक अध्यक्ष समेत रहेकी सांसद गुरुङले आफूले प्रदेशसभाबाट प्राप्त गर्ने तलबभत्ताट सामाजिक सेवामा खर्चिदै आएकी छन् ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले जनप्रतिनिधिले आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्नुले समाजमा सकारात्मक सन्देश गएको बताए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुमन गुरुङले सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१