रुपन्देहीमा एकै दिन ४ कोरोना संक्रमितको मृत्यु

विक्रम खड्का
भाद्र २९, २०७७
Corona

Representative Photo

बुटवल । रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएपछि सोमबार मात्र मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

बुटवल उपमहानगर-११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ विगत १८ दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार चलिरहेको उनको सांझ मृत्यु भएको अस्पताल्का प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

सोमबार नै कपिलवस्तु शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

रुपन्देहीमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने बुटवलमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width