पोखरा । महम्मद सलाहको ह्याट्रिकसँगै साविक प्रिमियर लिग विजेता लिभरपुलले यस सिजनको इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको छ ।
शनिबार राति प्रिमियर लिग अन्तर्गत भएको पहिलो खेलमा लिभरपुलले सानदार जित निकालेको हो । पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेसँगै लिभरपुलले ३ अंक बटुलेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा लिभरलपुलले लिड्स युनाइटेडलाई ४–३ गोलले पराजित गरेको हो । खेलमा लिभरपुलका लागि महम्मद सलाहले ह्याट्रिकगरे भने भर्गिल भान डाइकले १ गोल गरे । त्यस्तै, लिड युनाइटेडको तर्फबाट ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ट र म्याटयुज क्लिचले १/१ गोल गरे ।
खेलको चौथो मिनेटमै लिभरपुरका सलाहले गोल गरी टिमलाई अग्रता दिलाए । उनले उक्त गोल पेनाल्टीमार्फत गरेका थिए । त्यसपछि खेलको १२ औं मिनेटमा लिड्सका ह्यारिसनले बराबरी गोल गरे ।
त्यसपछि खेलको २० औं मिनेटमा लिभरपुरलका भान डाइकले गोल गरी टिमलाई फेरि अग्रता दिलाए । त्यसपछि खेलको ३० औं मिनेटमा लिड्सका बामफोर्टले पुनः बराबरी गोल गरे । फेरि खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।
त्यसपछि खेलको ६६ औं मिनेटमा लिड्सका क्लिचले बराबरी गोल गरे । खेलको ८८ औं मिनेटमा सलाहले नै पोनाल्टीमार्फत गोल गरी टिमलाई जित दिलाए ।
त्यस्तै, प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट लय समातेको छ ।
शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहामलाई ३–० गोलले हराउँदै शानदार जित हात पार्दै उत्कृष्ट लय समातेको हो । आर्सनलले पनि पहिलो खेलमा जित हात पार्दै स्पष्ट ३ अंक आफ्नो नाममा लेखाएको छ ।
फुलहामको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले १/१ गोल गरे । खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट पाहुना पाहुना टोली आर्सनलले अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोल गरेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
त्यस्तै, ४९ औँ मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । डिफेन्डर ग्राबियलले आर्सनलका लागि डेब्यू खेलमै गोल गरेका हुन् । त्यस्तै, ५७ औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।
यस सिजनमा मात्र आर्सनलमा आएको विलियनले ३ असिस्ट गरेका छन् । उनले तीनै गोलका लागि असिस्ट उपलब्ध गराएका थिए । उनी चेल्सीबाट आर्सनल आएका हुन् ।
त्यस्तै, गएराति नै प्रिमियर लिग अन्तर्गत भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।
जितसँगै न्युक्यासलले लिगमा ३ अंक जोडेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा न्युक्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई २–० गोलले पराजित गरेको हो । उक्त खेलको ५६ औं मिनेटमा न्युक्यासलका विल्सनले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि, खेलको अन्तिम समयमा न्युक्यासलका हेन्ड्रिकले गोल गरी टिमलाई जित दिलाए । खेल सकिन ३ मिनेट बाकीँ रहदा हेन्ड्रिकले गोल गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१