तनहुँको शुक्लागण्डकी–३, हटियामा भएको दुर्घटना । तस्वीरः सुरज लम्साल
पोखरा । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीले दुर्घटनामा बालबालिकासहित १७ जना घाइते भएको जानकारी दिए । दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३ हटियामा शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
घाइते सबैको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था भने सामान्य छ ।
घाइते हुनेहरुमा तनहूँ कालीमर्याङकी वर्ष १४ की समीक्षा थापा, वर्ष १२ की रश्मी राना, कवासेकी ९ वर्षीया मञ्जिला आले, वर्ष ३२ का बालु थापा, रुपा केसी, ७० वर्षीया लीलिसरा आले, बयामकी ३७ वर्षीया संगीता राना, संगत राना, वर्ष ६ का सिर्सम राना, पूनम गुरुङ, ३४ वर्षीया मोतिकला थापामगर, वर्ष ११ का न्यूसन थापामगर, भुजिकोटकी ५४ वर्षीया मीनकुमारी गुरुङ, २२ वर्षीया वीनिता सुनार, ३५ वर्षीया सुनिता नेपाली, राज नेपाली र रुपेश बिक छन् ।
जिपको पिकअप टुटेर सडमै पल्टिएकाले ठूलो मानवीय क्षति टरेको हो । घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय बेलचौताराको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७