हेमजा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटीअन्तर्गत वडा १ देखि ४ का सदस्यको शपथ ग्रहण भएको छ ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज राजकाजी गुरुङ करणले राजनीतिक आवश्यकताले पार्टी एकता भएको स्पष्ट पार्दै एकीकरणको भावना पार्टी सदस्य हुँदै समुदायसम्म पु¥याउनुपर्ने बताए।
उनले माक्र्सवाद तथा लेलिनवाद पार्टीको मुख्य सिद्घान्त रहेको चर्चा गर्दै कम्युनिष्टले द्वन्द्वात्मक भौतिकवादमा विश्वास मान्ने पनि बताए । आत्मनिर्भर अर्थतन्त्रको पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले माथिल्लो तहकालाई भन्दा तल्लो तहका कार्यकर्तालाई कतै पार्टी एकता तोडिने त होइन भन्ने चिन्ता रहेको समेत औँल्याए।
केन्द्रीय सदस्य एवं कास्की सहइञ्चार्ज चूडामणि जंगलीले शान्तिप्रक्रियाको जगबाटै एकीकरणको भावना विकास हुँदै आएको स्पष्ट पारे । उनले पार्टीभित्रको आन्तरिक जनवादलाई व्यवस्थित गर्नुपर्ने तथा सिद्घान्त र व्यवहार मिलाउनुपर्ने तर्क गरे।
अर्का केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टी नीति, सिद्घान्त अनुसार चल्नुपर्नेमा जोड दिँदै नेकपालाई असल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्ता तहदेखि नै लाग्नुपर्ने बताए ।
सो कार्यक्रममा सांसद् दुर्गा बिक, राजीव पहारी, पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेल, कास्की अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, जिल्ला सदस्य दामोदर बैरागी, पार्टीका मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल लगायतले शुभकामना मन्तव्य राख्दै पार्टीलाई गाउँपालिका वडाहुँदै टोल कमिटीसम्म पुर्याउनुपर्ने, एकताका अफ्ठ्यारो सबैले बुझनुपर्ने, पार्टीभित्र गुटबन्दी तोड्नुपर्ने, केन्द्रमा खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
पार्टीका गाउँपालिका अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गाउँ कमिटि सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए।
कोभिड–१९ महामारीका कारण सबै वडाको एकैपटक शपथ नगरी बिहीबार १ देखि ४ सम्मको मात्र शपथ भएको हो । शुक्रबार वडा ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१