पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले कोभिड–१९ का बन्दाबन्दी हुँदा हातमुख जोर्न समस्या पर्नेहरुलाई सहयोग गर्दैआएकोमा ढोरपाटन नगरपालिकाकोे दैवीप्रकोप राहत कोषमा समेत आर्थिक सहयोग गरेका छन् । उनले सो कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
भदौ १७ मा ढोरपाटनको भुजीखोलाको बाढीले घरबारविहीन परिवारको पुनस्र्थापनामा सहयोग पु¥याउनको लागि उनले सो रकम सहयोग गरेको बताए ।
सो रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए ।
राहत रकम बुझ्दै नगर प्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्यसामग्री, लत्ताकपडा धेरै संघसंस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए ।
सांसद गुरुङको सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेको नगरप्रमुख नेपालीले बताए ।
सांसद राजीव गुरुङले मनाङ ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशमा प्रतिनिधित्व गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१