पोखराका १६ सहित गण्डकी प्रदेशमा ४० जना संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७७
covid 19 corona banner

पोखरा, १९ भदौ । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार कास्की १६ जना छन् । जसमध्ये ७ जना प्रहरी हुन् । त्यस्तै लमजुङ ३ जना, तनहुँमा २ जना, बागलुङ र स्याङजामा १÷ १ जना छन् । नवलपुरमा सबैभन्दा धेरै १७ जना रहेका छन् ।

कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । त्यस्तै तनहुँको भानु र म्याग्देका एक/एक जना छन् । लमजुङको मध्यनेपालका १ जना र राइनाशका २ जना छन् । स्याङजाको कालिगण्डकी र बागलुङको ताराखोलाका एक/एक जना छन् । नवलपुरको गैंडाकोटका १६ जना र देबचुलीका १ जना रहेका छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width