कास्कीमा निषेधाज्ञा हट्यो

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
067A5297

पोखरा  । कास्कीमा १० दिनदेखि जारी निषेधाज्ञा शुक्रबार मध्यरातदेखि हटाइएको छ । तर निषेधाज्ञा आदेश हटाइए पनि संक्रामक रोग ऐन, २०२० बमोजिम भन्दै केही सेवा खुकुलो पार्दै अन्य सेवामा भने रोक लगाइएको छ ।

कास्कीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि भदौ २ देखि लागू हुने गरी कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निषेधाज्ञा आदेश जारी गरेकोमा पुनः भदौ ८ देखि १२ सम्म लम्बाइएको थियो ।

शुक्रबार जिल्ला प्रशासनद्वारा जारी सूचनामा भदौ १२ गते राति १२ बजेदेखि भदौ २० गते राति १२ बजेसम्म विभिन्न स्वास्थ्य र सुरक्षाका मापदण्ड कायम गरिएको जनाइएको छ ।

जसमा अबदेखि जिल्लाभर जोरबिजोर प्रणालीमा ट्याक्सी र निजी सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म चलाउन सकिने छ । सहकारी कार्यालयहरु पनि भीडभाड नहुने गरी संचालन गर्न सकिने छ भने कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग पनि संचालन गर्न सकिने भनिएको छ ।

यसैगरी, होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवामात्र साँझ ७ बजेसम्म संचालन गर्न सक्ने छन् । अन्य विषय यथावत् छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width