‘पानी छल्काले’ सार्वजनिक

Avatar आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७

पोखरा । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गीतकार, गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’ भिडियो सार्वजनिक भएको छ ।

गायिका समीक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आफैले लेखेका हुन् ।

नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको छ । गीतमा प्रसाद लामिछानेको संगीत, अजय रेग्मीको छायांकन, प्रवीण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।

आफूले निर्देशन गरेका धेरै म्यूजिक भिडियोभन्दा यो भिडियो अलि पृथक रहेको निर्देशक केसी बताउँछन् ।

कोरोना भाइरस कारणले आक्रान्त भइरहेका बेला श्रोता, दर्शकमा केही खुसी मिलोस् भनी गीत तयार गरिएको सुरेन्द्र बताउँछन् ।

हाम्रो सुझाव