पोखरामा लागुऔषध सहित दुई व्यक्ति पक्राउ

विनिता सुनार
भाद्र ५, २०७७
crime

पोखरा, भदौ ५ । लागुऔषध गाँजा ओसारपोसार तथा बिक्री बितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कास्की ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको टोलिले चेकजाँचको क्रममा ग ५ प ५८७९ नम्बरको मोटरसाइकलमा सवार दुई व्यक्तिको साथबाट २० ग्राम लागुऔषध गाँजा फेला पारेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ अर्घाेचोकका २३ बर्षीय सन्दिप वि.क र वडा–२७ कालिगन्डकीका २९ बर्षीय किशोर तिमिल्सेना रहेका छन् ।

यस्तै प्रहरीले अनुसन्धानको क्रममा सन्दिप वि.कको कोठाबाट १ किलो ४ सय ४० ग्राम लागुऔषध, २ थान मोबाइल र उनीहरु सवार ग ५ प ५८७९ नम्बरको भिआर मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए।

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width