पोखरा । पोखराका विभिन्न स्थानमा अखडा बनाइ लागुऔषध सेवन गर्ने २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेपछि अभिभावको जिम्मा लगाएको छ । एकान्त स्थानहरुमा अखडा बनाइ मानिसहरुलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी गर्ने गरेको अत्याधिक जनगुनासो प्राप्त भएकोले प्रहरीले आइतबार ‘स्विप अपरेसन’ चलाएको थियो । प्रहरीको टोलीले विभिन्न स्थानहरुबाट लागु औषध सेवन गरी लठ्ठ परी बसेका तथा ५÷७ जनाको समूह बनाइ विभिन्न अश्लील शब्दहरु प्रयोग गर्दै होहल्ला गरिरहेका अवस्थामा २१ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर उनीहरुलाई अभिभावकको रोहबरमा प्रशिक्षण गराइएको छ । लागुऔषध नियन्त्रण ब्युुरो शाखा कार्यालय पोखराका प्रवनानि विद्याधर त्रिपाठीले लागुऔषध दुव्र्यसनी, लागुऔषधको प्रयोगबाट हुने असर तथा कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । उनीहरुलाई अब आइन्दा लागुऔषध सेवन नगर्ने, लागुऔषध सेवन गर्ने व्यक्ति तथा कारोवारमा संलग्न व्यक्तिहरुको सम्वन्धमा प्रहरीलाई सूचना दिने र असल नागरिक बन्ने प्रतिवद्दता जनाउन लगाएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले बताए ।
Related News
सम्बन्धित समाचार
रविविरुद्ध चितवनमा पनि जाहेरी
दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति
प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी
लामिछानेलाई १३ दिन म्याद थप
सहकारी ठगीमा थप एक पक्राउ
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१