पोखरा । पोखरेली गायिका सबीना सुनामको ‘एकै जुनी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, पोखरा नेपालको आयोजना तथा सूर्यचन्द्र समाज विकास भवनको व्यवस्थापनमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले एक समारोहबीच ‘एकै जुनी’को म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले गीतहरुमा जीवन्तता भेटिनुपर्नेमा जोड दिए । गीतका गायक गीतकार र संगीतकारबीचको भावना बुझाईले उत्कृष्ठ गीत बन्ने उनको धारणा थियो । उनले भने, ‘कुन परिवेश र अवस्थामा गीत सिर्जना भएको हो । सो बुझेर संगीतकारले संगीत भर्नुपर्ने र सोहीअनुसार गायक गायिकाले गीतमा स्वर भर्नुपर्छ ।’
गीतकार, संगीतकार तथा निर्देशक कृष्णकुमार गुरुङले म्युजिक भिडियोको समीक्षा गरेका थिए । कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, समाजसेवी नरेन्द्र मित्रकोटीले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा निर्देशक मनोज विक ‘भावुक’ र गायिका सबीना सुनाम समेतले बोलेका थिए ।
कार्यक्रममा स्रष्टा, कलाकार, प्राविधिक, निर्देशकलगायतलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण गरिएको थियो । सप्तरंगी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलाकार किसान सेवाले स्वागत मन्तव्य र संस्थाका महासचिव मनकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
अग्रज गीतकार मनोज विक ‘भावुक’को संगीत, छायांकन, सम्पादन तथा निर्देशनसमेत रहेको उक्त गीतमा राजेश विष्टले संगीत–संयोजन गरेका हुन् । गीतमा विश्वराज रसाइलीले शब्द लेखेका छन् । भिडियोमा सुरेश पौडेल र संगीता सुनारको फिचर्ड रहेको छ । म्युजिक भिडियोमा स्वयं गीतकार
विश्वराज रसाइली र गायिका सबीना सुनामले समेत अभिनय गरेका छन् । भिडियोलाई बासना क्रियशन युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो ।
Related News
सम्बन्धित समाचार
को होला मिस तामाङ ?
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
मिस तामाङमा १३ प्रतिस्पर्धी
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘मनमाया’ गीतको भिडियो सार्वजनिक
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१